भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

हिमाल प्रेस १५ कार्तिक २०८२ १७:१४
12
SHARES
भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते
भोजपुर– षडानन्द नगरपालिका–४ मा शनिबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।
दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङ छन्। उनीहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८२ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast