एनपीएलमा आज दुई खेल : पोखरा-लुम्बिनी र जनकपुर-सुदूरपश्चिम आमनेसामने हुँदै

हिमाल प्रेस १३ मंसिर २०८२ ६:२७ | Saturday, November 29, 2025
12
SHARES
एनपीएलमा आज दुई खेल : पोखरा-लुम्बिनी र जनकपुर-सुदूरपश्चिम आमनेसामने हुँदै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल आयोजना हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्दै छन्।

दुवै टिमलाई प्लेअफ सम्भावना कायम राख्न जितको दबाब छ। प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकको छैटौँ स्थानमा छ। चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स तालिकाको सातौँ स्थानमा छ। यो खेल बिहान ११:१५ बजेदेखि सुरु हुनेछ।

दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताको दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ।

अंक तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ। जनकपुरले यसअघिका तीनमध्ये तीनै खेलमा हार बेहोरेको थियो। कीर्तिपुरमै हुने यो खेल अपराह्न ३:३० बजेदेखि सुरु हुनेछ।

प्रकाशित: १३ मंसिर २०८२ ६:२७ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast