केशरमहल चोकबाट लागुऔषधसहित दुई पक्राउ

हिमाल प्रेस ८ मंसिर २०८२ १७:२५ | Monday, November 24, 2025
14
SHARES
केशरमहल चोकबाट लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौँ बूढानीलकण्ठ बस्ने २८ वर्षीय देवेन्द्र लामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लले जानकारी दिए।

उनले भने,‘प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।’

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नियन्त्रित लागुऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १७:२५ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast