नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत। तस्बिरः माधवप्रसाद घिमिरे/रासस
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै दुईवटा कार्यतालिका प्रस्तुत भएको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै दुई वटा व्यक्तिगत प्रस्ताव प्रस्तुत गरेकोे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
महामन्त्री थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
दुई प्रस्ताव बाहेक अन्य विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा आएको उनले बताए। उनले महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्ने गरी छलफल भइरहेको उल्लेख गरे।
प्रवक्ता महतले महाधिवेशनकै विषयलाइ लिएर पार्टी विभाजित हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले पार्टीलाई एकताबद्ध राख्न संयमित हुनुपर्नेमा जोड दिए।
बैठक बुधबार बिहान ११ बजे पुन: बस्नेछ।



