न्युयोर्कका मेयर ममदानीबारे ट्रम्पको टिप्पणी : ‘उहाँले खराब सुरूवात गरिरहनु भएको छ’

हिमाल प्रेस २० कार्तिक २०८२ १६:१८
8
SHARES
न्युयोर्कका मेयर ममदानीबारे ट्रम्पको टिप्पणी : ‘उहाँले खराब सुरूवात गरिरहनु भएको छ’

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले जितपछि दिएको भाषणलाई ‘आक्रोशपूर्ण’ बताएका छन्।

ममदानी सुरूदेखि गलत दिशामा गइरहेको बताउँदै ट्रम्पले वाशिंगटनप्रति सम्मान नदेखाए उनको सफल हुने सम्भावना नरहेको दाबी गरेका छन्।

फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनको भाषण मलाई ज्यादै आक्रोशपूर्ण लाग्यो, खासगरेर मविरूद्ध।’

आफूसँग राम्रो व्यवहार नगरेर ममदानीले सकारात्मक नतिजा हासिल गर्न नसक्ने ट्रम्पको चेतावनी छ। ‘उहाँले मसँग राम्रो व्यवहार गर्नुप¥यो, किनभने कतिपय मामिलामा मेरो स्वीकृत आवश्यक हुन्छ। उहाँ एक खराब सुरूवात गरिरहनु भएको छ,’ ट्रम्पले भने।

न्युयोकर्कको मेयरमा निर्वाचित भएपछि ममदानीले ट्रम्पलाई लक्षित गरेर तिखो टिप्पणी गरेका थिए। ‘उहाँलाई सफल बनाउनेले पराजित गर्न पनि सक्छ,’ उनले भनेका थिए।

ममदानी मेयरमा निर्वाचित भए न्युयोर्कका लागि अनुदान उपलब्ध गराउन कठिनाई हुने ट्रम्पले बताएका थिए।

प्रकाशित: २० कार्तिक २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast