एच–१ बी भिसाको समर्थन गर्दै ट्रम्पले भने – अमेरिकासँग पर्याप्त प्रतिभा छैन

हिमाल प्रेस २६ कार्तिक २०८२ १६:३१ | Wednesday, November 12, 2025
12
SHARES
एच–१ बी भिसाको समर्थन गर्दै ट्रम्पले भने – अमेरिकासँग पर्याप्त प्रतिभा छैन फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसाको बचाउ गर्दै अमेरिकासँग पर्याप्त प्रतिभा नरहेको बताएका छन्।

फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले अमेरिकासँग पर्याप्त प्रतिभा नभएकाले अन्य मुलुकबाट सीप र दक्षता भएका मानिसहरू ल्याउनपर्ने आवश्यकता रहेको बताएका हुन्।

अमेरिकाले बाहिरबाट प्रतिभा भएका मानिस ल्याउनैपर्ने ट्रम्पको भनाइ छ।

‘हाम्रो देशसँग आवश्यक प्रतिभा छैन र मानिसहरूले सिक्नुपर्छ,’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने,‘तपाईँ बेरोजगराहरूलाई भन्न सक्नुहुन्न कि हामी तपाईँका लागि एउटा फ्याक्ट्रि खोल्दैछौँ, जहाँ तपाईँहरूले मिसाइल बनाउने काम गर्नुहुनेछ।’

ट्रम्प प्रशासनले यसै वर्ष सेप्टेम्बरमा एच–१ बी भिसा आवेदन शुल्क बढाएर १ लाख अमेरिकी डलर (करिब ८८ लाख नेपाली रूपैयाँ) पुर्‍याएको थियो।

एच–१ बी एउटा अस्थायी भिसा हो जसले अमेरिकी रोजगारदाताहरूलाई उच्च दक्षता भएका विदेशी पेशेवरहरू जस्तै वैज्ञानिक, इन्जिनियर र शिक्षकहरूलाई नियुक्त गर्न अनुमति दिइन्छ। यो भिसाअन्तर्गत अमेरिका जानेहरूमा भारतीयहरूको संख्या बढी छ।

प्रकाशित: २६ कार्तिक २०८२ १६:३१ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast