अमेरिकामा ‘शटडाउन’ अन्त्य, ट्रम्पले विधेयकमा गरे हस्ताक्षर

हिमाल प्रेस २७ कार्तिक २०८२ १४:०२ | Thursday, November 13, 2025
28
SHARES
अमेरिकामा ‘शटडाउन’ अन्त्य, ट्रम्पले विधेयकमा गरे हस्ताक्षर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमा भएको सबैभन्दा लामो सरकारी ‘शटडाउन’ अन्त्य गर्न तथा सरकारलाई पुनः सञ्चालनमा ल्याउनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्।

ट्रम्पको हस्ताक्षरपछि त्यहाँको संसद (कांग्रेस) बाट पारित विधेयकले अब कानुनको रूप लिएको छ। यससँगै अमेरिकी सरकारको शटडाउन औपचारिक रूपमा समाप्त भएको हो।

संसदमा यो विधेयकको पक्षमा २२२ र विपक्षमा २०९ मत परेको थियो। यसअघि यो विधेयक सिनेटमा पनि सानो मतान्तरले स्वीकृत भएको थियो।

ओभल कार्यालयमा सम्बोधन गर्दै ट्रम्पले भने,‘अब सरकार आफ्नो सामान्य कार्यसूचीमा फर्किनेछ। यो ४३ दिन लामो शटडाउनले धेरै मानिसहरूलाई निकै प्रभावित पारेको छ।’

अमेरिकामा अक्टोबरदेखि थुप्रै सरकारी सेवा अवरुद्ध भएका थिए। करिब १४ लाख संघीय कर्मचारी विनातल काम गरिरहेका थिए। त्यस्तै कतिपय कर्मचारी अनिवार्य बिदामा पठाइएका थिए। शटडाउनका कारण खाद्य सहायता कार्यक्रमहरू ठप्प हुनुका साथै हवाई यात्रा पनि प्रभावित भएको थियो।

प्रकाशित: २७ कार्तिक २०८२ १४:०२ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast