काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ ।
उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए ।
स्वर्गीय खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
प्रकाशित: १७ कार्तिक २०८२ ७:२३
प्रतिक्रिया



