काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले ‘जेनजी क्रान्ति’ लाई नेपालले तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छन् । उनले भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले सञ्चार गरेको सुसंस्कृत राजनीति र सुशासनको आवश्यकतालाई संस्थागत गर्नुपर्नेमा जोड दिएकी हुन्।
तर, भदौ २४ गते सडकमा देखिएको वितृष्णा र अप्रत्याशित तोडफोड, आगजनी तथा विध्वंसका घटनाको दोष कुनै पनि बहानामा जेनजी पुस्तामाथि लगाउन नहुने उनको तर्क छ।
डा।कार्कीले भदौ २३ गते सरकारले देखाएको ‘आपराधिक चरित्र अक्षम्य’ रहेको भन्दै त्यसलाई तत्काल अनुसन्धान, कानुन र कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्। साथै,आन्दोलनका क्रममा घाइते भएका र सहिद परिवारको ससम्मान अभिभावकत्व तथा जिम्मेवारी राज्यले लिनुपर्ने उनले बताएकी छन्।



