आफूलाई आधा तिबेतियन बनाउने तेन्जिनले गरेका थिए टीओबीको लोगो डिजाइन

हिमाल प्रेस ८ मंसिर २०८२ १७:४८
20
SHARES
आफूलाई आधा तिबेतियन बनाउने तेन्जिनले गरेका थिए टीओबीको लोगो डिजाइन

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनमा टीओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टीओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेनजी आन्दोलनमा टीओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टीओबीको लोगोको डिजाइन हिरासतमै रहेका तेन्जिनले गरेको खुलेको बताए।

भाद्र २३ गते १२ बजेको समयमा बिजलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै सो समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको भट्टराईले बताए। तेन्जिनले आफूलाई आधा तिबेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरू सबै सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिए।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको परिसरका प्रवक्ता भट्टराईले बताए।

नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि करिब ४ सय जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी भट्टराईले काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ वर्षीय सूर्य थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको र पक्राउ परेका थापाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast