काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई सही दिशामा फर्काउने समय आएको बताएका छन्। महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
एमालेले आज स्वयंसेवक फोर्सको गठन र भोलि काठमाडौँमा व्यापक जनप्रदर्शन गर्दैछ। यसलाई पोखरेलले आफूहरूको कर्तव्य र अधिकार अधिकार भएको बताएका छन्।
‘अब समय आएको छ- देशलाई सही दिशामा फर्काउने। मंसिर ५ गते राष्ट्रिय स्वयंसेवक फोर्सको गठन र मंसिर ६ गते काठमाडौँमा व्यापक जनप्रदर्शन- हाम्रो कर्तव्य, हाम्रो अधिकार,’ महासचिव पोखरेलले भने। साथै उनले शान्ति, सुरक्षा र लोकतन्त्रका लागि एकताबद्ध बन्न पनि आग्रह गरेका छन्।
प्रकाशित: ५ मंसिर २०८२ ९:५४
प्रतिक्रिया


