मधेशका तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

हिमाल प्रेस ८ मंसिर २०८२ १९:२३ | Monday, November 24, 2025
58
SHARES
मधेशका तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

जनकपुरधाम- नियुक्त भएको १५ औं दिनमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन्।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको आधारमा गत कात्तिक २३ गते राति नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भई २४ कात्तिक बिहान बर्दिबासको पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादवले तीन  जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए।

एमालेबाट मन्त्री नियुक्त भएका लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नियुक्तिसँगै विवादमा रहेका मुख्यमन्त्री यादवविरुद्ध परेको रिटमा मंसिर २ गते सर्वोच्च अदालतले कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश गरेको थियो। सो आदेश आएसँगै मुख्यमन्त्रीले कार्य विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेका थिए।

प्रकाशित: ८ मंसिर २०८२ १९:२३ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast