‘परालको आगो’ मा यस्ताे देखिए कलाकार, फिल्म वैशाख १९ मा प्रदर्शन गर्ने तयारी

हिमाल प्रेस १० मंसिर २०८२ १२:४१ | Wednesday, November 26, 2025
6
SHARES
‘परालको आगो’ मा यस्ताे देखिए कलाकार, फिल्म वैशाख १९ मा प्रदर्शन गर्ने तयारी

काठमाडौँ- निर्माण टिमले फिल्म ‘परालको आगो’ को तीन तस्बिर सार्वजनिक गरेका छन्। सार्वजनिक तस्बिरमा दुई दुई कलाकार अभिनयकै क्रममा खिचिएको तस्बिर देख्न सकिन्छ।

पहिलोमा अभिनेता सौगात मल्ल र कलाकार तथा गायक प्रकाश सपुत केही वार्ता गरिरहेझैँ देखिन्छ। दोस्रोमा सिर्जना अधिकारी र सुहाना थापा छन् भने तेस्रोमा प्रकाशसँगै सुहाना थापा कुरा गरिरहेका छन्।

यो सँगै निर्माण टिमले फिलमको छायांकन पनि सकेको बताएको छ। फिल्म आगामी वर्ष वैशाख १९ मा प्रदर्शन गर्ने तयारी गरेको फिल्मका निर्माता सुशील पोखरेलले बताए।

उनले भने ,‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म प्रदर्शन गर्ने तयारीमा छु।’

उनले साथी भाईको फिल्मलाई सम्मान गर्दै आफ्नो उक्त मितिमा अरुले फिल्म नजुधाई दिनसमेत आग्रह गरेका छन्। ‘एकैचोटी धेरै फिल्म हलमा निर्माता तथा हल व्यावसायीहरूको पनि धेरै नोक्सानी हुन्छ। ग्यापमा आउँदा निर्माता र हल दुबै पक्षलाई फाइदा होस् भन्ने सोचले सबै मुख्य मिति छोडेर वैशाख ११ लाई डेटलक गरेको छु।’

उनले फिल्मको चार वटा गीत सहित सम्पूर्ण छायांकन पुरा भएकोले प्रदर्शन मिति तोकेको बताए। फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने बाल कलाकार एञ्जिला बानियाँलगायत कलाकारको अभिनय छ।

सुशील देवकोटाको पटकथा लेखन रहेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका छन्। फिल्म गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको हो।

मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

प्रकाशित: १० मंसिर २०८२ १२:४१ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast