‘आ बाट आमा’ को दुई पोस्टरमा अटाए यी कलाकार

हिमाल प्रेस २६ कार्तिक २०८२ ११:१० | Wednesday, November 12, 2025
12
SHARES
‘आ बाट आमा’ को दुई पोस्टरमा अटाए यी कलाकार

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार फिल्मको कथावस्तु झल्काउने किसिमको दुई वटा पोस्टर सार्वजनिक गरेको हो।

एक पोस्टरमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्‍यो’ भन्नै स्लोगन राखिएको छ। यसले पनि फिल्मले आमा बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। साेही पाेस्टरमा कलाकार विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त र साइग्रेस पोखरेल खुशी देखिएका छन्।

अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान श्रीमतीको भूमिकामा रहेको विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भूमिकामा रहेका पल शाहको रगताम्य छन्।

ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धमा केन्द्रित रहेको निर्माण टिमले जनाएको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन्। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्तको प्रस्तुति रहेको छ।

फिल्ममा अन्य कलाकार उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिस्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलीप उखेडा, रचना गौतमलगायतको अभिनय छ।

फिल्मका निर्मातामा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना छन्। कार्यकारी निर्मातामा करण सिंह रसाली जोडिएका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म आगामी माघ १६ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: २६ कार्तिक २०८२ ११:१० | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast