संसद पुन: स्थापनाको विकल्प छैन : ओली

हिमाल प्रेस ३० कार्तिक २०८२ १७:३७ | Sunday, November 16, 2025
12
SHARES
संसद पुन: स्थापनाको विकल्प छैन : ओली प्रधानमन्त्री केपी शर्मा ओली/फाइल तस्बिर

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपालको टोलीसँग आइतबार गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढंगबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका हुन्।

उनले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्नसक्ने भनी चिन्ता व्यक्त गरे।

उनले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको स्पष्ट पारे।

प्रकाशित: ३० कार्तिक २०८२ १७:३७ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast