निर्वाचनको विकल्प छैन : कानुनमन्त्री सिन्हा

हिमाल प्रेस २१ कार्तिक २०८२ १४:५५
8
SHARES
निर्वाचनको विकल्प छैन : कानुनमन्त्री सिन्हा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले अबको प्रतिनिधिसभामा नयाँ पुस्तालाई समेत सहभागी गराउन निर्वाचनको बिकल्प नभएकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बताएका हुन्।

जेनजीको मागअनुसार संविधान संशोधनका साथै मुलुकमा शान्ति सुरक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले जसरी भए पनि तोकिएको समयमा निर्वाचन हुने उनले बताए। उनले निर्वाचनका बिषयमा सरकारले दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको भन्दै यसमा दलहरुबाट पनि सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे।

मन्त्री सिन्हाले जनेजी आन्दोलनका क्रममा नियोजित रुपमा आगजनीका साथै हिंसात्मक घटना भएकाले सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जानकारी दिए।

जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएको र कैदीहरु समेत भागेकाले जनताले असुरक्षित महसुस गर्नु स्वाभाविक भएको भन्दै मन्त्री सिन्हाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरु गम्भीर भएर क्रियाशिल भएको बताए।

उनले मितव्ययीता कायम गर्न सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाउने निर्णय गरेको भन्दै यसमा संसदका पदाधिकारीसँग पुनः छलफल गर्न सरकार तयार रहेको धारणा राखे।

प्रकाशित: २१ कार्तिक २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast