फाइल तस्बिर- रासस
काठमाडौँ- देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।
हिजो (शनिबार) यही टाइममा ९.६ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला घट्छ।
प्रकाशित: ३० कार्तिक २०८२ ६:४७
प्रतिक्रिया


