रुपक अधिकारीको उपन्यास ‘साढे ३ हत्या’ को दोस्रो संस्करण बजारमा

हिमाल प्रेस ७ मंसिर २०८२ ११:३० | Sunday, November 23, 2025
14
SHARES
रुपक अधिकारीको उपन्यास ‘साढे ३ हत्या’ को दोस्रो संस्करण बजारमा

काठमाडौँ- लेखक रुपक अधिकारीको उपन्यास ‘साढे ३ हत्या’ को दोस्रो संस्करणको विमोचन गरिएको छ। पहिलो संस्करणले पाएको सकारात्मक प्रतिक्रिया र बढ्दो मागका कारण उपन्यास पुनः मुद्रण गरिएको हो।

ब्रिलियन्ट कलेज, सिफलमा कार्य्रक्रम गर्दै दोस्रो संस्करणको विमोचन गरिएको हो। कार्यक्रममा साहित्यकार नवराज लम्साल, सुमन स्मारिका, न्युरोड बुक्स स्टोरका सञ्चालक राजेश गजुरेललगायत कवि, गजलकार तथा लेखकहरूको उपस्थिति थिए।

कार्यक्रममा वक्ताहरूले ‘साढे ३ हत्या’ लाई समकालीन नेपाली साहित्यमा प्रभावशाली कृति भएको उल्लेख गर्दै लेखक रुपक अधिकारीको लेखन शैलीको प्रशंसा गरेका थिए।

उपन्यासले जीवनका उतार-चढाव, प्रेम र वियोग, आत्मस्वीकृति, मनोवैज्ञानिक संघर्ष र मानिसले भोग्ने आन्तरिक पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। यस कृतिमा लेखक रुपक अधिकारीले उठाएको ‘जिन्दगी काँडा कि फूल?’ भन्ने गहिरो दार्शनिक प्रश्नले पाठकलाई जीवनप्रतिको दृष्टिकोण पुनर्विचार गर्न प्रेरित गरेको पाठकहरूले प्रतिक्रिया दिएका छन्।

प्रकृति, प्रेम र सम्बन्धप्रतिको दृष्टिकोण तथा जीवनको कठोरताभित्र लुकेको सुन्दरता खोज्ने शैली उपन्यासको मुख्य आकर्षण बनेको समीक्षकहरूले बताएका छन्। पुस्तक मनोरञ्जनसँगै आत्ममन्थन र जीवनबोध गराउने कृतिका रूपमा रहेको उनीहरूको भनाइ छ।

प्रकाशित: ७ मंसिर २०८२ ११:३० | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast