सुनको भाउ बढ्यो, आज कति पुग्यो?

हिमाल प्रेस १० मंसिर २०८२ ११:३२
सुनको भाउ बढ्यो, आज कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोल २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १० मंसिर २०८२ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast