सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला कति?

हिमाल प्रेस ३ मंसिर २०८२ ११:३९ | Wednesday, November 19, 2025
26
SHARES
सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला कति?

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। मंगलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ।

आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ मंसिर २०८२ ११:३९ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast