काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रकाशित: १९ कार्तिक २०८२ ११:४८
प्रतिक्रिया



