नवगठित नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा एकता सन्देश सभा गर्ने

हिमाल प्रेस २३ कार्तिक २०८२ ७:०० | Sunday, November 9, 2025
12
SHARES
नवगठित नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा एकता सन्देश सभा गर्ने फाइल तस्बिर

काठमाडौँ- नव गठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देशसभा गर्ने निर्णय गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। नेपाली कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहित ९ घटक मिलेर बनेको हो।

प्रकाशित: २३ कार्तिक २०८२ ७:०० | Sunday, November 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast