भारतीय रुपैयाँ एसियामै खराब!

हिमाल प्रेस ११ मंसिर २०८२ १४:०५ | Thursday, November 27, 2025
6
SHARES
भारतीय रुपैयाँ एसियामै खराब!

काठमाडौँ- ‘यस वर्ष (जनवरी-डिसेम्बर २०२५) अमेरिकी डलरको तुलनामा ४.३ प्रतिशत गिरावटका साथ भारतीय रुपैयाँ एसियाको सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्रा बनेको छ। विदेशी मुद्रा विश्लेषकहरु भारत-अमेरिका व्यापार सम्झौता छिट्टै भएन भने रुपैयाँ अझै घटेर १ डलर बराबर ९० रुपैयाँसम्म पुग्न सक्ने बताउँछन्।

भारतीय दैनिक पत्रिका द हिन्दूसँग च्वाइस वेल्थका अक्षत गर्गले भनेका छन्, ‘रुपैयाँ चिनियाँ युआन र इन्डोनेसियाली रुपियाजस्ता मुद्राहरूको तुलनामा कमजोर रह्यो। यद्यपि यो अझै पनि जापानी येन र कोरियाली वोन जस्ता संरचनात्मक रूपमा कमजोर मुद्राहरूभन्दा राम्रो छ।’

उनलका अनुसार अब रुपैयाँको दिशा घरेलु अर्थतन्त्रभन्दा बढी विश्वव्यापी डलरमा निर्भर गर्दछ।

एक्सिस बैंकका वरिष्ठ उपाध्यक्ष (व्यापार तथा आर्थिक अनुसन्धान) तनय दलालले रुपैयाँमा धेरै महिनादेखि गिरावटको दबाब रहेको बताए। यो दबाब चालू खाताको कारणले नभई पुँजीको बहिर्गमनका कारणले उनी बताउँछन्।

उनले भने, ‘भारतीय रुपैयाँ एसियाई मुद्राहरूको तुलनामा कमजोर भएको छ। विशेष गरी ती देशहरूको तुलनामा जसको चालू खाता बचतमा छ। सन् २०२५ को क्यालेन्डर वर्षमा अहिलेसम्म रुपैयाँ चार प्रतिशतले झरेको छ, जबकि इन्डोनेसियाली रुपियाँ २.९ प्रतिशत र फिलिपिन्स पेसो १.३ प्रतिशतले कमजोर भएको छ।’

अक्युट रेटिङ्ग्स एन्ड रिसर्चका प्रबन्ध निर्देशक तथा सीईओ शंकर चक्रवर्तीका अनुसार पछिल्ला दुई महिनामा डलरमा भएको ३.६ प्रतिशतको गिरावटले अधिकांश मुद्राहरूमा दबाब दिएको छ, जसमा रुपैयाँ पनि समावेश छ। भारतले दोहोरो बाह्य चुनौतीहरूको सामना गरिरहेको छ। द वायरबाट

प्रकाशित: ११ मंसिर २०८२ १४:०५ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast