सरकारले कुनै पनि हालतमा निर्वाचन गराउन सक्दैन : शंकर पोखरेल

हिमाल प्रेस २ मंसिर २०८२ १५:५३
6
SHARES
सरकारले कुनै पनि हालतमा निर्वाचन गराउन सक्दैन : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरूलाई विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका छन्।

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विघटित संसद्को नेकपा एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षड्यन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरूलाई राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्नेमा विजेताका रूपमा चित्रण गर्न खोजिएको बताए।

उनले योजनाकारहरूलाई कडा कारबाही गर्नुपर्नेमा राज्यले उन्मुक्ति दिनेतर्फ अघि बढेको भन्दै गम्भीर असहमति रहेको उल्लेख गरे।

संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत रहेको भन्दै त्यसलाई सच्चाउनुपर्ने एमालेको मुख्य माग रहेको उनले बताए।

उनले वर्तमान सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने दाबी गरे। महासचिव पोखरेलले आन्दोलनमार्फत पार्टीको एजेन्डा जनतामाझ स्थापित गर्दै एमालेलाई सबल शक्तिका रूपमा उभ्याउनु आवश्यक रहेको धारणा राखे।

प्रकाशित: २ मंसिर २०८२ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast