नौवटा वाणिज्य बैंकको खराब कर्जा दर ५ प्रतिशत नाघ्यो

हिमाल प्रेस २५ कार्तिक २०८२ १२:१४ | Tuesday, November 11, 2025
14
SHARES
नौवटा वाणिज्य बैंकको खराब कर्जा दर ५ प्रतिशत नाघ्यो

काठमाडौँ- वाणिज्य बैंकहरूको खराब कर्जा असुली दर कमजोर बन्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा तीव्र रूपमा बढेको देखिएको हो।

वाणिज्य बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरणअनुसार असोज मसान्तसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जाको अनुपात ४.८६ प्रतिशत पुगेको छ। यो दर साउन मसान्तमा ४.४४ प्रतिशत थियो।

२० वाणिज्य बैंकमध्ये नौवटाको खराब कर्जा दर अहिले ५ प्रतिशत नाघेको छ। यसलाई राम्रो मानिँदैन। साउन मसान्तमा मात्र तीन बैंकले यस्तो सीमा नाघेका थिए ।

हिमालयन बैंकले सबैभन्दा बढी खराब कर्जा दर ७.३९ प्रतिशत देखाएको छ। त्यसपछि क्रमशः एनआईसी एसिया बैंक (६.९९ प्रतिशत), कुमारी बैंक (६.९८ प्रतिशत) र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (६.६३ प्रतिशत) छन्। पाँच प्रतिशतभन्दा माथिको दर भएका अन्य बैंकहरूमा प्राइम कमर्सियल बैंक (५.८६प्रतिशत), प्रभु बैंक (५.७८प्रतिशत), नेपाल बैंक (५.४९प्रतिशत) र लक्ष्मी सनराइज बैंक (५.४२प्रतिशत) पर्छन्।

एभरेष्ट बैंक लिमिटेडले ०.७४ प्रतिशत खराब कर्जा दर कायम राखेको छ। यसबाट सो बैंकको सम्पत्ति गुणस्तर र जोखिम व्यवस्थापन तुलनात्मक रूपमा बलियो रहेको देखिन्छ। १४ वटा बैंकमा खराब कर्जा दर बढेको छ। पाँचवटाले घटाएका छन् भने एक वटामा कुनै परिवर्तन देखिएको छैन। बैंकरहरूले खराब कर्जा दर बढ्नुको कारण सुस्त आर्थिक वृद्धि, व्यवसायिक विश्वासमा कमी र कर्जा किस्ता भुक्तानीमा ढिलाइलाई मानेका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ १२:१४ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast