काठमाडौँ- मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। आज (मंगलबार) काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो।
हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: २ मंसिर २०८२ ६:५०
प्रतिक्रिया


