अब चित्लाङमा पनि टेलिकमको ‘एनटी फाइबर’ सेवा

हिमाल प्रेस १९ कार्तिक २०८२ १५:४२
2
SHARE
अब चित्लाङमा पनि टेलिकमको ‘एनटी फाइबर’ सेवा

काठमाडौँ- नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र थाहा नगरपालिकाको चित्लाङमा आफ्नो एनटी फाइबर (एफटीटीएच) सेवा विस्तार गरेको छ।

थाहा नगरपालिका–९ स्थित श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा बुधबारदेखि टेलिफोन र इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालनसँग यो क्षेत्रमा पहिलोपटक आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरूवात भएको हो।

ग्राहकवर्गको बढ्दो मागलाई ध्यानमा राख्दै चित्लाङका केही विद्यालय र संस्थाहरूमा पनि एफटीटीएच सेवा जडानको प्रक्रिया अगाडि बढाइएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।

हाल ‘रेडियो ब्याकहौल’ मार्फत सेवा सुरू गरिएको भए पनि आगामी दिनमा ‘फाइबर ब्याकहौल’ बाट सेवा प्रवाह गरी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा समेत विस्तार गर्ने योजना रहेको उनले बताए।

यस विस्तारबाट ग्रामीण तथा पर्यटकीय क्षेत्रहरूमा द्रुत, भरपर्दो र गुणस्तरीय इन्टरनेट पहुँच वृद्धि हुने टेलिकमले अपेक्षा गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८२ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast