‘मुगलान’ को टिजर सार्वजनिक, मुख्य भूमिकामा प्रभात र स्मारिका

हिमाल प्रेस २३ कार्तिक २०८२ १५:३२
6
SHARES
‘मुगलान’ को टिजर सार्वजनिक, मुख्य भूमिकामा प्रभात र स्मारिका

काठमाडौँ- फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ। आइतबार युना डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो।

३९ सेकेन्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथा देखाइएको छ।

टिजरअनुसार फिल्मले युवाको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने अनुमान गर्न सकिन्छ। फिल्मको मुख्य भूमिकामा छन्, प्रभात पाल र स्मारिका ढकाल।

फिल्मका लेखक र निर्देशक आशिष ढकाल हुन्। आगामी पुष १० देखि प्रदर्शन हुने फिल्ममा अन्य कलाकार श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतको अभिनय छ। रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता गोमन सिंह हुन्।

यस्ताे छ टिजर

प्रकाशित: २३ कार्तिक २०८२ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast