सिन्धुलीमा घर घेरेर शिक्षकमाथि चिर्पट प्रहार, टाउको, हात र खुट्टामा चोट

हिमाल प्रेस ११ मंसिर २०८२ १७:३१ | Thursday, November 27, 2025
350
SHARES
सिन्धुलीमा घर घेरेर शिक्षकमाथि चिर्पट प्रहार, टाउको, हात र खुट्टामा चोट

काठमाडौँ- सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ स्थित नेत्रकाली माध्यमिक विद्यालय आँपडाँडा रामपुरका विज्ञान सहायक प्रशिक्षक धनबहादुर धामीमाथि भएको कुटपिट घटनाप्रति नेपाल शिक्षक महासंघ स्थानीय कार्यसमिति, घ्याङलेखले आपत्ति जनाएको छ।

बुधबार साँझ छेडुप लामाको नेतृत्वमा आएको समूहले शिक्षक धामीलाई घर घेराबन्दी गरी ज्यानै मार्ने उद्देश्यले हमला गरेको महासंघले जनाएको छ।

समूहले धारीलो हतियार प्रयोग गरी टाउको, हात र खुट्टामा प्रहार गरेका कारण शिक्षक धामी गम्भीर रूपमा घाइते भएका छन्।

घटना ‘निन्दनीय र आपराधिक’ भएको बताउँदै महासंघले दोषीहरूलाई तत्काल कानुनी प्रक्रियामा ल्याई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। कारबाहीमा ढिलाइ भएमा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ।

महासंघले घाइते शिक्षक धामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हिंसात्मक घटनाले शिक्षा क्षेत्रमा भय त्रास सिर्जना भएको बताएको छ।

विज्ञप्तिमा नेपाल शिक्षक संघ घ्याङलेख गाउँपालिका सभापति नारायण कुमार श्रेष्ठलगायतले संयुक्त हस्ताक्षर रहेका छन्।

प्रकाशित: ११ मंसिर २०८२ १७:३१ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast