बगानमा चियाको हरियोपत्ती टिप्दै श्रमिक। फाइल तस्बिर।
झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।
गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो।
प्रकाशित: १२ मंसिर २०८२ ६:५९ | Friday, November 28, 2025
प्रतिक्रिया



