काठमाडौँ- नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छालीले नेपालमा ट्याटु कलाको पुरानो इतिहास रहेको बताएका छन्। उनले प्रतिष्ठानमा सम्पन्न ‘ट्याटु’ प्रर्दशनीकाे कार्यक्रममा यस्ताे बताएका हुन्।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा गत असोज ३१ बाट सुरु भएको ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ आइतबार (कात्तिक १६) सम्पन्न भएको छ। प्रदर्शनी नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा भएको थियो।
पृथ्वी श्रेष्ठ ‘क्युरेटर’ रहेको प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिंगापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्वीजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका कलाकारका कलाकृति समावेश गरिएका थिए।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले उक्त प्रदर्शनीले प्रभावकारी सन्देश दिएको बताए। उनले ट्याटुसँग सम्बन्धित नेपालका रैथाने ज्ञान तथा कलालाई संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।



