नापी सर्भेक्षक घुससहित पक्राउ

हिमाल प्रेस ३ मंसिर २०८२ १६:५० | Wednesday, November 19, 2025
20
SHARES
नापी सर्भेक्षक घुससहित पक्राउ

काठमाडौँ- नापी कार्यालय वीरगञ्जमा कार्यरत नापी सर्भेक्षक रामप्रमोद राउतसहित दुई जना घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्भेक्षक राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई पक्राउ गरेको हो।

सेवाग्रहीसँग एक लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

छुट जग्गा दर्ता गर्न सेवाग्रहीसँग विभिन्न बहाना बनाई सेवाग्रहीसँग घुस मागेको आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १६:५० | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast