काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ । विभाजनपूर्व उनी पार्टी महासचिव थिए ।
शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल (जुम) मिटिङले उनलाई संयोजक तोकेको बैठकमा सहभागी एक नेताले बताए। पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय मिटिङले गरेको छ ।
विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने भएको छ ।
प्रकाशित: २३ कार्तिक २०८२ ७:२६
प्रतिक्रिया



