शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

हिमाल प्रेस ११ मंसिर २०८२ ११:२८ | Thursday, November 27, 2025
252
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आव २०८२/८३ का लागि स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधामा रहेका अस्पष्ट पक्षहरूलाई थप प्रष्ट पारेको छ।

गत साउन १२ गतेको शिक्षा मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहहरूलाई नयाँ मार्गदर्शन जारी गरेको हो।

जारी गरिएको निर्देशन अनुसार परम्परागत विद्यालय प्रणालीअन्तर्गत सञ्चालनमा रहेका गुरुकुल/आश्रम, गुम्बा/बिहार र मदरसा विद्यालयहरूको विवरण र विद्यार्थी संख्या यकिन गरी पाठ्यपुस्तक, छात्रवृत्ति, सेनिटरी प्याड तथा दिवा खाजाका लागि तोकिएको रकम सम्बन्धित शीर्षकबाट उपलब्ध गराइनेछ। यी संस्थाहरूले हरेक वर्ष विद्यालयस्तरीय शैक्षिक तथ्यांक भरेको हुनु पर्नेछ।

यसबाहेक, प्राविधिक शिक्षाको धार (कक्षा ९–१० तथा ९–१२) मा कार्यरत प्रशिक्षक र सहायक प्रशिक्षकलाई मात्रै मासिक ३ हजार दरले १० महिनाको प्राविधिक भत्ता उपलब्ध गराइने निर्णय कार्यान्वयन गर्ने व्यवस्था गरिएको केन्द्रले स्पष्ट पारेको छ।

प्रकाशित: ११ मंसिर २०८२ ११:२८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast