यूएईमा पढ्न जाने विद्यार्थीहरू सावधान : शिक्षामन्त्री पुन

हिमाल प्रेस २८ कार्तिक २०८२ ६:५९
22
SHARES
यूएईमा पढ्न जाने विद्यार्थीहरू सावधान : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (यूएई) मा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरू ठगीमा पर्ने घटना बढ्दै गएको जनाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले नेपालका केही कन्सल्टेन्सीहरूले यूएईको फ्री जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरूलाई दैनिक रूपमा पठाउँदै आएको उजुरी परराष्ट्र मन्त्रालयमा परेको बताए।

परराष्ट्र मन्त्रालयले यस्ता इन्स्टिच्युट तथा कन्सल्टेन्सीमार्फत विदेशिएका विद्यार्थीहरूले यूएई पुगेपछि ठूलो कठिनाइ भोगिरहेको जानकारी मन्त्रालयलाई प्राप्त भएको मन्त्री पुनले उल्लेख गरेका छन्।

सरकारले उजुरीको गहन छानबिन सुरु गरेको र यस्ता प्रलोभनमा परेर कोही पनि नफस्न पुनले आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘यूएईमा पढ्न जाने विद्यार्थीहरू सावधान। नेपालका केही कन्सल्टेन्सीहरूले यूएईको फ्री जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू दिनदिनै पठाई रहेको कुराको उजुरी आएको छ। त्यस्ता विद्यार्थीहरूले यूएईमा दुःख पाई रहेको कुरा को जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। सो कुराको गहन छानबिन हुँदैछ। कोही पनि नफस्नु होला।’

प्रकाशित: २८ कार्तिक २०८२ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast