सेयर बजार : एक वर्षमा २५५.७१ विन्दुले घट्यो नेप्से परिसूचक, अरू के भयो?

हिमाल प्रेस ३० कार्तिक २०८२ १३:४८
6
SHARES
सेयर बजार : एक वर्षमा २५५.७१ विन्दुले घट्यो नेप्से परिसूचक, अरू के भयो?

काठमाडौँ– पछिल्लो एक वर्षमा नेप्से परिसूचक २५५.७१ विन्दुले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असोज मसान्तमा नेप्से परिसूचक २७४२.८९ थियो। २०८२ असोज मसान्तमा २४८७.१८ कायम भएको छ ।

यसैगरी २०८२ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ४१५७ अर्ब ९० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको पछिल्लो तीन महिनाको आर्थिक अवस्था विवरणमा उल्लेख छ।

२०८१ असोज मसान्तमा बजार पुँजीकरण रु. ४३६१ अर्ब ४५ करोड थियो। २०८१ असोज मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.३९ प्रतिशत रहेकोमा २०८२ असोजमा ६८.०८ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार २०८२ असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७६ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९४ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका छन्।

२०८१ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६७ थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.५ प्रतिशत छ।

जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.५ प्रतिशत छ।

राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड सेयरको चुक्ता मूल्य रु.८७९ अर्ब ८६ करोड छ।

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु.१२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, रु.२ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब ८३ करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.१८ अर्ब २ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.६ अर्ब १८ करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र रु.९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल रु.१० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

प्रकाशित: ३० कार्तिक २०८२ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast