स्टार क्रिकेटर फाफ डु प्लेसिसले गरे यस्तो निर्णय

हिमाल प्रेस १४ मंसिर २०८२ ६:२४ | Sunday, November 30, 2025
18
SHARES
स्टार क्रिकेटर फाफ डु प्लेसिसले गरे यस्तो निर्णय

काठमाडौँ- दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डु प्लेसिसले आईपीएल-२०२६ को अक्सनमा नाम नदिई पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने निर्णय गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले १४ सिजनको आईपीएल यात्राप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ चुनौतीका लागि पीएसएल रोजेको बताएका छन्।

डु प्लेसिसले आईपीएलमा १५४ खेल खेलेर विदेशी खेलाडीमध्ये चौथो सर्वाधिक रन बनाउने उपलब्धि हासिल गरेका छन्। पछिल्लो सिजन उनी दिल्ली क्यापिटल्सबाट २०२ रनसहित दुई खेलमा कप्तान समेत बनेका थिए।

अघिल्ला वर्षहरूमा पनि उनले पेसावर जाल्मी र क्वेटा ग्ल्याडिएटर्स हुँदै पीएसएल खेलेका थिए। आईपीएल र पीएसएलको समय जुधेकाले उनले यो वर्ष पीएसएल रोजेको बताइएको छ।

यसबाहेक, डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि जोडिँदैछन्। उनी विराटनगर किंग्सका लागि अन्तिम दुई खेल खेल्ने छन्।

प्रकाशित: १४ मंसिर २०८२ ६:२४ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast