मंसिर २७ मा विशेष महाधिवेशन हुन्छ : गगन थापा

हिमाल प्रेस २७ कार्तिक २०८२ २०:२९ | Thursday, November 13, 2025
38
SHARES
मंसिर २७ मा विशेष महाधिवेशन हुन्छ : गगन थापा गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जानु भनेको गल्ती स्वीकार नगरी जनादेश माग्न जानु रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

महाधिवेशन नगरी चुनावमा गए जनताले साथ नदिने उनको भनाइ छ।

‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ, नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ थापाले भने,‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी नस्वीकारी जनादेश माग्न जानु हो। यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्।’

उनले कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने नभई सम्हाल्ने रहेको जिकिर गरे। महामन्त्री थापाले नियमित महाअधिवेशनको अध्याय बन्द भएको भन्दै अब विशेष महाधिवेशन हुने दाबी गरे।

‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने, तपाईँहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। त्यसैले अब निमित महाधिवेशनको अध्याय बन्द भयो। अब मंसिर २७ गते विशेष महाधिवेशन हुन्छ,’ उनले भने।

थापाले भदौ २३ गतेको घटना हुँदा कांग्रेस पनि सरकारमा रहेकोले आफ्नो भागमा परेको जिम्मा लिन तयार रहेको उल्लेख गरे। उनले भने,‘भदौ २३ को घटना हुँदा मेरो पार्टी पनि सरकारमै थियो। मेरो पार्टी सरकारमै भएको कारण मेरो भागमा परेको जिम्मा म लिन्छु।’

प्रकाशित: २७ कार्तिक २०८२ २०:२९ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast