मिलन चाम्सको ‘सुम्निमा’ मार्फत फिल्ममा डेब्यु गर्दै सोल गुरुङ

हिमाल प्रेस २५ कार्तिक २०८२ १४:५४ | Tuesday, November 11, 2025
22
SHARES
मिलन चाम्सको ‘सुम्निमा’ मार्फत फिल्ममा डेब्यु गर्दै सोल गुरुङ

काठमाडौँ- फिल्म ‘सुम्निमा’ मार्फत सोल गुरुङले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन्। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यसअघि केहि म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्।

हालै लन्डनमा फिल्मको पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जनाएको छ। यही अवसरमा टिमले मुख्य कलाकार भन्दै सोललाई सार्वजनिक गरेको हो। दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।

प्रेमकथानक फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्म गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुनेछ। फिल्ममा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धीरेन शाक्य, माओत्से गुरुङ, सुरज तमू, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ १४:५४ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast