सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह विमोचन

हिमाल प्रेस १३ मंसिर २०८२ १९:४६ | Saturday, November 29, 2025
22
SHARES
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह विमोचन

सुर्खेत – कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ विमोचन भएको छ।

शनिबार वीरेन्द्रनगरमा औपचारिक कार्यक्रमकाबीच प्रमुख प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन घिमिरे, डा.नवराज लम्साल, ओम रिजाललगायतका साहित्यकारहरुले संयुक्तरुपमा कविता संग्रह विमोचन गरेका हुन्।

कविता संग्रहका लेखक मन्त्री भण्डारीले आम नागरिकका रुपमा आफूले भोगेका र देखेका वास्तविकततालाई कवितामा उतारेको बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन घिमिरेले शाश्वत सत्य कविताले नेपाली साहित्यमा एउटा इँटा थपिएको धारणा राखे। कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजिएको भन्दै सर्जक र समाजसेवी भावनाले भरिएको उल्लेख गरे।

लेखक एवम् सञ्चारकर्मी डा.नवराज लम्सालले राजनीति र साहित्यलाई छुट्याउन कविता संग्रह विवेकले बाँधिएको बताए।

त्यस्तै अर्का साहित्यकार ओम रिजालले कविता संग्रहले जीवनका अँध्यारा पक्षहरूलाई पन्छ्याउँदै उज्यालोतर्फ हुनुपर्ने सन्देश दिएको बताए। उनले विद्रोही चेतका साथ मानिसको जीवनमरणका हरेक कोणहरू समेटिएको भन्दै शरीर र आत्मवीच भ्रमित रहेको बताए।

कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार एवम् मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक वासुदेव पाण्डेले शाश्वत सत्य अञ्चालिक कविता संग्रह भएको बताए। कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरिएको बताए।

उनले मानव जीवनका हरेक कालखण्डहरुलाई सुन्दर रुपमा उतारिएको, नयाँ पुस्ताले कला र संस्कृतलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको उल्लेख गरे।

विमोचन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, रणसिह परियार, जुम्कित लामा, मिलन खड्का, सामाजिक विकास मन्त्रालय निमित्त सचिव जहवारलाल हमालसहित विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १३ मंसिर २०८२ १९:४६ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast