पाथीभरामा हिमपात

हिमाल प्रेस ६ मंसिर २०८२ १२:११ | Saturday, November 22, 2025
4
SHARES
पाथीभरामा हिमपात

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्ष पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ। शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको हो।

हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए। चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले समेत जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ।

हिमपातका कारण सामान्य प्रभाव परेको बताइएको छ । हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको छ। रातभर हिउँ परेपछि बिहान पुगेका तीर्थयात्रीले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने मौकासमेत पाएका छन् । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। रासस

प्रकाशित: ६ मंसिर २०८२ १२:११ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast