विवाह गर्दै गायिका सुनिता दुलाल

हिमाल प्रेस १ मंसिर २०८२ १२:०१ | Monday, November 17, 2025
34
SHARES
विवाह गर्दै गायिका सुनिता दुलाल

काठमाडौँ- गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनले यही मंसिर १३ गते व्यवसायी राजेश केसीसँग बिहे गर्न लागेकी हुन्। केसी नेविसंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। हाल उनी निर्माण व्यवसायमा आबद्ध छन्।

काठमाडौँको मुलपानीस्थित ग्रान्ड नर्लिङ होटल एन्ड रिपोर्टमा बिहेको समारोह राखिएको छ।

दुलाल र केसी केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। लोक दोहोरीकी स्थापित गायिका दुलालको ‘अब त मैले नि झुम्का लगाउँछु’, ‘फुलबुट्टे सारी’, ‘तीज भनेकै नाच्न गाउन हो,’ ‘नाचौं सरर’ लगायत थुप्रै गीत चर्चित छन्।

प्रकाशित: १ मंसिर २०८२ १२:०१ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast