सिमरा आज पनि अशान्त, राति ८ बजेसम्म कर्फ्यु

हिमाल प्रेस ४ मंसिर २०८२ १५:१४ | Thursday, November 20, 2025
8
SHARES
सिमरा आज पनि अशान्त, राति ८ बजेसम्म कर्फ्यु

काठमाडौँ- मधेश प्रदेशको बारास्थित सिमरा बिहीबार पनि अशान्त बनेको छ। बुधबार नेकपा एमाले र जेनजी युवाबीच झडप भएपछि सिमरा अशान्त बनेको हो।

जेनजी युवाले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले बिहीबार राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि सिमरा आसपास क्षेत्रमा कफ्र्यु जारी गरेको हो।

बीरगञ्ज–पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ पाँच सय मिटर र सिमरा विमानस्थल वरिपरि पाँच सय मिटरसम्म कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

जेनजी युवाहरूलाई कुटपिट गर्ने एमाले कार्यकर्तामाथि कारबाही गर्न माग गर्दै सिमरामा प्रदर्शन भएको हो। युवाहरूले बिहानैदेखि सडकमा टायर बाले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।

प्रदर्शनकारीहरूले मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सिमरामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ।

नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा नेपाल मधेश प्रदेशको कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, पूर्वमन्त्री महेश बस्नेतलगायतका नेताहरू बुधबार सिमरा आउने भएपछि जेनजी युवाहरू विरोधमा उत्रिएका थिए। त्यही क्रममा दुवै पक्षबीच विवाद भएको थियो।

प्रकाशित: ४ मंसिर २०८२ १५:१४ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast