सिद्धिचरण राजमार्ग स्तरोन्नतिको काम थालिने

हिमाल प्रेस १ मंसिर २०८२ १०:०४ | Monday, November 17, 2025
4
SHARES
सिद्धिचरण राजमार्ग स्तरोन्नतिको काम थालिने प्रतिनिधिमूलक तस्बिर

कटारी- सिद्धिचरण राजमार्गको स्तरोन्नतिको काम तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिएका छन्।

राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्ड संघर्ष समितिले आइतबार काठमाडौमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए।

‘आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिनुभयो।’ समितिका संयोजक लीलाबहादुर खत्रीले भने,’उहाँको स्वकीयहरुलाई पनि यो सडकको समस्या थाहा रहेछ यहाँका जनता पीडित नै छन् भनेपछि ठेक्का प्रक्रिया अघि बढाउछौँ भन्नुभयो।’

यस सडकखण्ड निर्माणका लागि चार अर्ब १२ करोड बजेट रहेको जनाइएको छ । राजमार्गको कटारी–घुर्मी ४७ किमि सडक जीर्ण अवस्थामा छ। आउँजाउमै समस्या भएपछि यसअघि समितिले सडकसमेत अवरुद्ध गरेको थियो। सडक आसपासका स्थानीय धुलोले आजित भएका थिए।

तीन दशकअघि निर्माण गरिएको यो सडक जीर्ण हुँदा पहाडी जिल्ला ओखलढुङ्गा सोलुखुम्बु, खोटाङवासी समेतलाई समस्या परेका छन्। तराईबाट पहाड प्रवेश गर्ने पहिलो र छोटो नाका स्तरोउन्नति नहुँदा वर्षौदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ।

प्रकाशित: १ मंसिर २०८२ १०:०४ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast