विद्यालय व्यवस्थापन समिति अध्यक्षले बैठकमै कुटे प्रधानाध्यापक, आँखामा चोट

हिमाल प्रेस १९ कार्तिक २०८२ १७:०५ | Wednesday, November 5, 2025
1.1k
SHARES
विद्यालय व्यवस्थापन समिति अध्यक्षले बैठकमै कुटे प्रधानाध्यापक, आँखामा चोट

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावतीकी सदस्य अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका छन्।

शिक्षक महासंघ इन्द्रावतीले जनाएअनुसार मंगलबार (कात्तिक १८ गते) मध्यान्हमा विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै गाली बेइजती समेत गरेका थिए। उनले भण्डारीको आँखा र गालामा चोट पर्ने गरी आक्रमण गरेको महासंघले जनाएको छ।

महासंघले उक्त घटनाप्रति आपत्ति जनाउँदै तत्काल कानुनी कारबाहीको माग गरेको छ। महासंघको विज्ञप्तिमा भनिएको छ, ‘यो निन्दनीय घटनामा संलग्न रमेश तामाङलाई तुरुन्तै कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही होस्। ढिलासुस्ती भए महासंघ आवश्यक मूल्य चुकाउन तयार छ।’

महासंघले प्रधानाध्यापक भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयमा शिक्षामैत्री वातावरण कायम गर्न स्थानीय प्रशासन र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ।

यसैबीच, कुटपिटप्रति नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकले आपत्ति जनाएको छ। शैक्षिक संस्थाभित्र घटेको यस किसिमको घटना ‘घोर निन्दनीय र अस्वीकार्य’ भएको भन्दै महासंघले तत्काल आक्रमणकारीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघले चेतावनी दिंदै भनेको छ,‘यदि अभियुक्तमाथि कारबाहीमा ढिलासुस्ती भयो भने त्यसबाट निस्कने परिणामप्रति सम्बन्धित निकायहरू नै जिम्मेवार हुनेछन्।’

प्रकाशित: १९ कार्तिक २०८२ १७:०५ | Wednesday, November 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast