विद्यालय कर्मचारी : विद्यालयमा ४५ वर्ष योगदान, अवकाशमा रित्तो हात

हिमाल प्रेस २४ कार्तिक २०८२ ११:२८ | Monday, November 10, 2025
914
SHARES
विद्यालय कर्मचारी : विद्यालयमा ४५ वर्ष योगदान, अवकाशमा रित्तो हात

काठमाडौँ- केशबहादुर मुखिया। नाम सुन्दा साधारण लाग्न सक्छ तर उनको जीवनको कथा असाधारण छ। पाल्पाको रैनादेवी छहरा–४ स्थित भैरवनवदीप माध्यमिक विद्यालयमा ४४ वर्ष ७ महिना बिताएका मुखिया आइतबार अवकाश भए- रित्तो हात। न पेन्सन, न उपदान। साथमा छ केवल एक थकित शरीर र केही थान सम्मानका माला। जसले पीडालाई क्षणभर ढाक्ने प्रयास गर्छ।

जिन्दगीको आधाभन्दा बढी समय विद्यालयको सेवामा समर्पित मुखियाजस्ता कर्मचारीका सपना बारम्बार प्रशासनिक बेवास्ता र राजनीतिक असंवेदनशीलतामा कुचिँदै आएका छन्। विद्यालयमा न्यानो हाँसो बाँड्ने हात अब बेरोजगारझैं देखिन्छ र राज्य मौन छ।

यस पीडामाथि नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारी भन्छन्, ‘हे भगवान्, ४४ वर्ष सेवा गरेर खाली हात घर जानुपर्ने अवस्था कसले बनायो? यसको जिम्मेवार पहिलो निजामती तन्त्र, दोस्रो राजनीतिक दल हुन्।’ वास्तवमा शिक्षा प्रणालीका स्तम्भ ठानिनुपर्ने विद्यालय कर्मचारीहरू आज आफ्नै अस्तित्वका लागि लडिरहेका छन्।

प्रकाशित: २४ कार्तिक २०८२ ११:२८ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast