सन्तोष, दुर्गा र सुदनबीच पाँचबुँदे सहमति, मंसिर ७ मा एकता घोषणा

हिमाल प्रेस २८ कार्तिक २०८२ १७:२९ | Friday, November 14, 2025
142
SHARES
सन्तोष, दुर्गा र सुदनबीच पाँचबुँदे सहमति, मंसिर ७ मा एकता घोषणा

काठमाडौँ- रास्वपा परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियान संयोजक सुदन किरातीबीच आज (शुक्रबार) पाँचबुँदे सहमति भएको छ।

उनीहरूबीच एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउनेलगायतका सहमति भएको हो।

सहमतिपत्रमा उल्लेख छ, ‘देशको गम्भीर अर्थ–राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतिपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियारबीच सहमति सम्पन्न भएको छ।’

यी हुन् सहमति भएका पाँच बुँदा

१. विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन–जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

२. एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमति जनाउदछौँ।

३. मंसिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ।

४. देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ।

५. भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ।

प्रकाशित: २८ कार्तिक २०८२ १७:२९ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast