विद्यालय कर्मचारी परिषद् चितवन अधिवेशनबाट सजन मगर पुनः अध्यक्ष निर्वाचित

हिमाल प्रेस २३ कार्तिक २०८२ १०:११
18
SHARES
विद्यालय कर्मचारी परिषद् चितवन अधिवेशनबाट सजन मगर पुनः अध्यक्ष निर्वाचित

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति चितवनको दोस्रो जिल्ला अधिवेशन शनिबार चितवन माध्यमिक विद्यालय, भरतपुरमा भव्यरूपमा सम्पन्न भएको छ। अधिवेशनमा बागमती प्रदेश अध्यक्ष रामशरण फुयाल प्रमुख अतिथि र केन्द्रीय सदस्य शिवप्रसाद आचार्य विशिष्ट अतिथि रहेका थिए। कार्यक्रमले सर्वसम्मत रूपमा सजन मगरको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ जसमा सात पदेन सदस्यहरू समेत समावेश छन्।

पुनः अध्यक्ष बनेका सजन मगरसँगै उपाध्यक्षमा उपेन्द्र खनिया, महिला उपाध्यक्षमा यशोदा विश्वकर्मा, सचिवमा विष्णु भण्डारी, कोषाध्यक्षमा गायत्री देवकोटा, सह–सचिवमा रघु मल्ल र सदस्यहरूमा कविता श्रेष्ठ, सीतादेवी चापागाईं, बिजु थापा, संगिता भट्ट, खिनु शर्मा भट्टराई, ज्ञानप्रसाद सुबेदी, रामबहादुर पौडेल, अमृता बुढाथोकी, मदन पौडेल, कमला थापा, अस्मिता रिजाल, भावना भुजेल र दिलबहादुर कुमाल रहेका छन्।

त्यस्तै, पदेन सदस्यहरूमा इन्दिरा नेपाल, इन्द्रबहादुर राई, कृष्ण शर्मा, प्रल्हाद सिटौला, शोभा अधिकारी, जीवन देवकोटा र रोशनबाबु सिलवाल छन्। कार्यक्रममा प्रमुख अतिथि फुयालले विद्यालय कर्मचारीहरूको हकहित र व्यावसायिक अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले परिषद्लाई थप सशक्त र प्रभावकारी बनाउँदै कर्मचारीको आवाज संस्थागत रूपमा स्थापित गर्नुपर्ने धारणा राखे। विशिष्ट अतिथि शिवप्रसाद आचार्यले विद्यालय प्रणालीमा कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै परिषद्का गतिविधिहरू निरन्तर र परिणाममुखी हुनुपर्ने सुझाव दिए।

अधिवेशनमा विभिन्न पालिकाका प्रतिनिधि, विद्यालयका कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा आगामी कार्यकालका लागि विद्यालय कर्मचारीको हक, अधिकार र सुदृढ संस्थागत संरचनाका लागि ठोस योजना अघि बढाउने प्रतिबद्धता जनाइएको छ। यसैबीच, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, काठमाडौँले चितवनमा सम्पन्न अधिवेशनसँगै गुल्मी र दाङ जिल्लामा सम्पन्न परिषद्हरूप्रति पनि बधाई र धन्यवाद व्यक्त गरेको छ।

राष्ट्रिय समितिले एक शुभकामना सन्देश जारी गर्दै चितवनमा पुनः अध्यक्ष निर्वाचित सजन मगर र सम्पूर्ण जिल्ला कार्यसमिति परिवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। साथै, गुल्मी जिल्ला परिषद् सफलतापूर्वक सम्पन्न गराएका जिल्ला कार्यसमिति परिवारप्रति हार्दिक आभार प्रकट गर्दै न्यानो आतिथ्यका लागि धन्यवाद व्यक्त गरिएको छ। दाङ जिल्ला परिषद् सम्पन्न गराएका सम्पूर्ण जिल्ला कार्यसमिति सदस्यहरूलाई पनि हार्दिक धन्यवाद दिँदै आगामी दिनहरूमा थप जिल्लाहरूमा परिषद् र अधिवेशनहरू सम्पन्न गरी संस्थालाई अझ सशक्त, जागरुक र संगठनात्मक रूपमा सबल बनाउन सबै तहका समितिहरूलाई सक्रिय योगदानका लागि आग्रह गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०८२ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast