जसपा र नेकपाबीच एकता हुने हल्ला भ्रामक खबर : अशोक राई

हिमाल प्रेस २५ कार्तिक २०८२ ८:५४ | Tuesday, November 11, 2025
44
SHARES
जसपा र नेकपाबीच एकता हुने हल्ला भ्रामक खबर  :  अशोक राई

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले नेपाली कम्युनिस्ट पार्टीसँग एकता हुने भ्रामक खबर बाहिरिएको बताएका छन्।

उनले सामाजिक सन्जालमार्फत दुई पार्टीबीच एकता नै भएजस्तो गरी फैलिएको हल्ला भ्रामक भएको बताएका हुन्।

‘केही सन्चार माध्यमबाट जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका बीच एकता भएकै जस्तो समाचार प्रवाहित भएको तर्फ मेरो ध्यान आकर्षित भएको छ।’ उनले भनेका छन्, ‘सरोकारवाला सँग नबुझी गलत समाचार सम्प्रेषण गर्नु पितपत्रकारिता हो भन्नेकुरा उक्त माध्यमलाई थाहै होला । तसर्थ यस्तो भ्रामक प्रचार को खण्डन गर्छु। धन्यवाद!!’

प्रकाशित: २५ कार्तिक २०८२ ८:५४ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast