फोर्ब्स, टाइम र बीबीसीका ‘प्रभावशाली युवा’ सूचीमा परेकी रुक्शना कपाली प्रलोपा प्रवेश

हिमाल प्रेस १३ मंसिर २०८२ १०:१० | Saturday, November 29, 2025
98
SHARES
फोर्ब्स, टाइम र बीबीसीका ‘प्रभावशाली युवा’ सूचीमा परेकी रुक्शना कपाली प्रलोपा प्रवेश

काठमाडौँ- नेपाल भाषा तथा विविध यौनिक र लैङ्गिक पहिचान अधिकारका क्षेत्रमा सक्रिय युवा अभियन्ता रुक्शना कपाली प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा औपचारिक रूपमा प्रवेश गरेकी छन्। उक्त पार्टीले कपालीलाई स्वागत गर्दै समावेशी लोकतन्त्र, सामाजिक न्याय र विविधताप्रतिको उनको योगदानलाई उच्च सम्मान प्रकट गरेको जनाएको छ।

कपालीले विगत लामो समयदेखि भाषा अधिकार, लैङ्गिक पहिचान, यौनिक अधिकार, कानुनी सुधार तथा नेवाः समुदायका मुद्दामा निरन्तर रूपमा काम गर्दै आएकी छन्। अनुसन्धान, प्राज्ञिक लेखन, जनचेतनामूलक सामग्री निर्माणदेखि अदालतमा रिट दायर गरी नीतिगत परिवर्तनका लागि सक्रिय कानुनी अभियानसम्म उनको भूमिका उल्लेखनीय रहेको छ।

पछिल्ला वर्षमा कपालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सम्मानहरूले उनको नेतृत्व र अधिकारप्रतिको प्रतिबद्धता अझ उजागर गरेको छ। फोर्ब्सले २०२५ का लागि ‘३० वर्षमुनिका प्रभावशाली युवाहरू’ सूचीमा उनीलाई समावेश गरेको छ। त्यसअघि २०२४ मा टाइम पत्रिकाले उनलाई ‘भोलिका १०० सम्भावनाशील व्यक्तित्व’ सूचीमा राखेको थियो। त्यस्तै २०२३ मा बीबीसीले ‘विश्वका १०० प्रेरणादायी तथा प्रभावशाली महिला’ मध्ये एकका रूपमा छानेपछि उनी विश्व समुदायको ध्यानाकर्षणमा परेकी थिइन्।

पार्टीका नेताहरूले कपालीको प्रवेशले प्रलोपाभित्र समावेशी नीतिको बलियो आधार तयार हुने विश्वास व्यक्त गरेका छन्। भाषा संरक्षण, लैङ्गिक समानता, मानवअधिकार तथा नीतिगत सुधारमा उनका अनुभव र नेतृत्वले पार्टीको कार्यदिशामा नयाँ ऊर्जा थप्ने पार्टीको भनाइ छ।

रुक्शाना कपाली संसारका १०० प्रभावशाली महिलाको सूचीमा

खोइ मेरो पढ्ने अधिकार?

प्रकाशित: १३ मंसिर २०८२ १०:१० | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast